मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा ट्रक दुर्घटना : एक बालकको मृत्यु, ८ घाइते

आइतबार, ०२ वैशाख २०८१, १३ : ५४
आइतबार, ०२ वैशाख २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित ८ जना घाइते भएका छन् ।

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये ५ जना बालबालिका छन् ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप