‘फर्की फर्की’ पोस्टरमा रोमान्टिक अनमोल र जसिता
काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत प्रतीक्षित फिल्म ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोेष्टरमा अनमोल र जसिता रोमान्टिक अवतारमा देखिएका छन् ।
रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको फिल्म ‘फर्की फर्की’ मा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ ।
आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् ।
फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी छ ।
केही समयको अन्तरालपछि अनमोलको नयाँ फिल्म आउन लागेको हो । नयाँ फिल्मका लागि अनमोल पनि उत्साहित छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण