सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवकको शव फेला

आइतबार, ०२ वैशाख २०८१, २० : ५९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौं । भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवक मृत भेटीएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ स्थित भेरीमा नुहाउने क्रममा कमल बुढा बेपत्ता भएका थिए ।

जाजरकोटको शिवालय गाउँपालिका–३  स्थित सिमा घर भएका बुढाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । चैत ३० मा उनी नुहाउन जाँदा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरीको नम्बर–६ महेश्वरी बाहिनीबाट खटिएको गोताखोर सहितको टिमले शव निकालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप