बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
काठमाडाैँ। बङ्गलादेशमा आइतबार डेङ्गु सङ्क्रमित थप २२० व्यक्ति भेटिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई थप जनाको मृत्यु भएको रिपोर्ट छ । यससँगै यो वर्ष कुल डेङ्गु सङ्क्रमित सङ्ख्या चार हजार ९०० पुगेको छ भने मृत्यु सङ्ख्या नौ पुगेको छ।
स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनामा ७१४ व्यक्ति सङ्क्रमित रहेकोमा जुन महिनामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ७०३ पुगेको छ।
नयाँ सङ्क्रमणको यो सङ्ख्या देशका केही भागमा यो महिनामा लामखुट्टेबाट लाग्ने यो रोगको द्रूत गतिमा रहेको वृद्धिको प्रवृत्तिलाई देखाउँछ ।
जुन–सेप्टेम्बरको मनसुन अवधिमा बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम मानिन्छ । बङ्गलादेश लामखुट्टेबाट सर्ने डेङ्गु रोगका लागि उच्च जोखिमपूर्ण राष्ट्र मानिन्छ ।
बङ्गलादेशमा सन् २०२५ मा कूल एक लाख दुई हजार ८६१ जनामा डेङ्गुको सङ्क्रमण भएको थियो भने ४१३ जनाको डेङ्गुजन्य समस्याका कारण मृत्यु भएको थियो ।
सन् २०२३ मा यहाँ एक हजार ७०५ डेङ्गुसम्बन्धी मृत्युहरू भएका थिए, जुन अहिलेसम्मकै सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण