५० वर्षसम्म लिभ इनमा बसेपछि ‘मोक्ष’ पाउनका लागि वृद्ध युगलले गरे विवाह
लगभग आधा दशकसम्म लिभ इनमा बसेपछि भारतको मध्य प्रदेशका ८० वर्षीय सुख कुशवाह र ७५ वर्षीया हरियाले मौक्ष पाउनका लागि आफ्ना नाती नातिनाको उपस्थितीमा विवाह गरेका छन् । यो जोडीका ५० वर्षे कान्छा छोरा मुन्नाले आमा–बुवाले अन्त्यमा विवाह गरेकोमा आफूलाई निकै खुसी लागेको बताए ।
यो जोडीका एक आफन्तका अनुसार सुख र हरियाबिच करिब ५० वर्ष पहिले प्रेम भएको थियो तर दुबैको परिवार उनीहरुको विवाहविरुद्ध भएकाले लिभ इनमा बस्न थालेका थिए । उनीहरुका दुई छोरा र दुई छोरी छन् । केही हप्ता अघि सुखले विवाह बन्धनमा नबाँधिए उनको र श्रीमतीको मृत्यु भएपछि मोक्ष नपाइने भन्ने बारे बिचार गर्न थाले । उनले यसबारे आफ्ना छोरालाई जानकारी दिए ।
त्यसपछि मुन्नाले पंडितसँग कुरा गरे र परिवारका वरिष्ठ सदस्यसँग छलफल गरी पाइतपुरा गाउँमा ३० जूनमा आफ्ना आमाबुवाको वैदिक मन्त्रोचारणसहित विवाह सम्पन्न गराए । विवाह समारोहमा यो जोडीका नाती महेश र ९ जना नातिनीहरुले डिजेको गीतमा नाचेर आफ्नो खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण