मधेस प्रदेशसभा बैठकमा हानाहान, कुर्सी तोडफोड
वीरगन्ज । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा हानाहान भएको हो ।
यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए ।
सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो ।
जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए ।
उनले भने,‘ ५ घन्टापछि सदन सुरु भयो । तर जनमतको माग सम्बोधन नभएपछि उसले फेरि सदनमा विरोध गर्न थाल्यो । यहीबिच मुख्यमन्त्रीले जबरजस्ती प्रस्ताव पेस गर्न खोज्नुभयो । त्यसपछि जनमत पार्टीसहित कांग्रेसले विरोध जनायो । यही बेला तानातान मात्रै होइन, हातपातसमेत भयो ।’
बैठकमा विवाद भएपछि पुनः मधेस प्रदेशसभा १० मिनेटको लागि स्थगित भएको छ । विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण