मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

रेकर्डको पानामा बट्लर र नरेन

बुधबार, ०५ वैशाख २०८१, १३ : ३७
बुधबार, ०५ वैशाख २०८१

कोलकाता । यो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) एकपछि अर्को कीर्तिमान बनिरहेको छ । मंगलबार कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेलमा थुप्रै कीर्तिमानहरू बने ।

इडेन गार्डन्समा भएको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले पराजित गरेको छ । २ सय २४ रनको विशाल लक्ष्य पाएको राजस्थानले अन्तिम बलमा सफलतापूर्वक उक्त लक्ष्य पछ्यायो ।

हेरौँ सो खेलमा के कस्ता रेकर्डहरू बने:

  • २२४ – राजस्थानले खेलमा पछ्याएको लक्ष्य । आईपीएलमा सफलतापूर्वक पछ्याएको लक्ष्यको आफ्नै कीर्तिमान राजस्थानले बराबरी गरेको हो । यसअघि राजस्थानले नै सन् २०२० मा सारजाहमा किंग्स इलेभेन पञ्जाबविरुद्ध समान लक्ष्य पछ्याएको थियो ।
  • ९६ – १५ ओभरको अन्त्यमा राजस्थानलाई जितका लागि चाहिएको रन । आईपीएलको अन्तिम छ ओभरमा कुनै पनि टोलीले पछ्याएको सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२० मा राजस्थानलाई अन्तिम ६ ओभरमा जितका लागि ९२ रन चाहिएको थियो ।
  • ०.३२ – ईएसपीएन क्रिकइन्फोका अनुसार १४.१ ओभरमा राजस्थानले खेल जित्ने सम्भावनाको प्रतिशत । त्यतिबेला टोली ६ विकेट गुमाउँदै १ सय २८ रनको दयनीय अवस्थामा थियो । तर, त्यसपछिको टोलीले थप दुई विकेट गुमाएर पनि जित हात पारेको थियो ।

jos butler

  • ७ – आईपीएलमा जोस बट्लरले बनाएको शतकको सङ्ख्या । यो सङ्ख्या प्रतियोगितामा दोस्रो धेरै हो । उनीभन्दा अघि आठ शतक बनाएका विराट कोहलीमात्र छन् ।
  • २४०.७४ – अन्तिम ६ ओभरमा बट्लरको स्ट्राइक रेट । उनले २७ बलमा ६५ रन बनाउने क्रममा ६ चौका र ५ छक्का प्रहार गरे । जबकि सातौँदेखि चौधौँ ओभरको बिचमा उनले २१ बलमा २२ रन मात्र बनाएका थिए, जसमा एउटा बाउन्ड्री मात्र समावेश थियो ।
  • १ – आईपीएलको इतिहासमा शतक र पाँच विकेट लिने सुनिल नरेन एक्लो खेलाडी बनेका छन् । टी–२० खेलमा पहिलो शतक बनाउने क्रममा उनले राजस्थानविरुद्ध १ सय ९ रन बनाए । उनले सन् २०१२ मा पञ्जाबविरुद्ध १९ खर्चेर ५ विकेट लिएका थिए ।

sunil naraine

३ – आईपीएलको एउटै खेलमा शतक बनाउनुका साथै एकभन्दा बढी विकेट लिने उनी तेस्रो खेलाडी हुन् । यसअघि क्रिस गेलले सन् २०११ मा पञ्जाब र सन् २०१३ मा पुणे वारियर्सविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । त्यसैगरी सन् २०१५ मा सेन वाट्सनले कोलकाताविरुद्ध यस्तै कमाल गरेका थिए ।

३ – रन पछ्याउने क्रममा बट्लरले बनाएको शतकको सङ्ख्या । आईपीएलमा कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै शतक हो । उनीबाहेक कोहली र बेन स्टोक्सले मात्र रन पछ्याउने क्रममा एकभन्दा बढी शतक बनाएका छन् ।

८ – टी–२० खेलहरूमा बट्लरले बनाएको शतकको सङ्ख्या । उनले इंग्ल्याण्डका लागि लुक राइटले बनाएको ७ वटा शतकको रेकर्ड तोडेका छन् । उनका सबै ८ शतक पछिल्ला तीन वर्षमा बनेका हुन् । उनीभन्दा अघि मात्र तीन खेलाडी छन् । यसमा क्रिस गेल (२२), बाबर आजम (११) र विराट कोहली (९) छन् ।

३ – कोलकाताका लागि आईपीएलमा शतक बनाएका खेलाडीहरूको सङ्ख्या । नरेन अघि बेन्डन म्याकलमले सन् २००८ मा बैंगलोरविरुद्ध १ सय ५८ रन र वेंकटेश ऐयरले सन् २०२३ मा मुम्बईविरुद्ध १ सय ४ रन बनाएका थिए । कोलकाताको घरेलु मैदानमा टोलीका लागि नरेनले पहिलोपटक शतक बनाएका हुन् ।

१०३ – छैटौँ विकेट गुमाएपछि राजस्थानले बनाएको रनको सङ्ख्या । छैटौँ विकेट खसेपछि १ सय वा सोभन्दा बढी रन बनाएर खेल जित्ने राजस्थान पहिलो टोली हो । यसअघि बैंगलुरुले सन् २०१६ मा गुजराज लायन्सविरुद्ध ९१ रन बनाएको थियो ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप