मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
देशभर मनाइयो रामनवमी पर्व, तस्बिरहरु

देशभर मनाइयो रामनवमी पर्व, तस्बिरहरु

बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरी बुधबार देशभर रामनवमी पर्व मनाइएको छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा  ‘रामनवमी’ पर्व मनाइने गरिएको हो । 

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

यस अवसरमा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्यसका साथै राजधानीको बत्तिसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया