लगानी सम्मेलनमा भारतीय पक्षको सक्रिय सहभागिताको प्रशंसा
काठमाडौँ । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र भारतको मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री (एमआईसीसीआईए) बिच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालस्थित भारतीय दूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा मंगलबार आयोजना गरेको ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ कार्यक्रममा सो सम्झौता भएको हो ।
तेस्रो लगानी सम्मेलन सम्पन्नपछि दूतावासले एमआईसीसीआईए र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी गराएर सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुनलगायतको विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।
लगानी बोर्डका उपसचिव रमेश अधिकारीले तेस्रो लगानी सम्मेलनमा भारतीय लगानीकर्ताले देखाएको सक्रियताको बारेमा चर्चा गरेका थिए । लगानी सम्मेलनको छलफलमा सहभागी भएका कयौँ निजी क्षेत्रका व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी प्रतिनिधि सहभागी रहेको जनाउँदै उनीहरूको क्रियाशीलता र सहभागिता तारिफयोग्य रहेको बताए ।
नेपाल–भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सृजना राणाले भारत र नेपालबिच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रूपमा रहेको बताइन् । मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्त्व रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण