नियम विपरीत रनवे क्रस गरेको अभियोगमा सिम्रिक एयरका पाइलट निलम्बित
मङ्गलबार, १८ वैशाख २०८१, २० : २७
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई अनिश्चित कालका लागि उडानमा प्रतिबन्ध लगाएको छ । मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ मा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै प्राधिकरणले सिम्रिक एयरको पाइलटलाई कारबाही गरेको हो ।
हवाई उडान तथा सुरक्षा सम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पाइलटमाथि कारबाही गरिएको प्राधिकरणको भनाइ छ ।
'सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो । हामी सबै हवाई कम्पनी र कर्मचारीहरूलाई सुरक्षा संवेदनशीलता प्रति सचेत र सतर्क रहन आग्रह गर्दछौँ । हवाई सुरक्षा सुनिश्चित गर्न स्थापित प्रोटोकलहरू पालना गर्न सबैमा आग्रह गर्दछौँ', प्राधिकरणले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण