कोरिया रिटर्नीहरूका लागि 'के हामी' परियोजना सुरु

काठमाडौँ । कोरियाबाट फर्किएकाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन पुनः एकीकरण तालिम सुरु भएको छ ।
नेपाल सरकार, इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र कोरियाको मानव संसाधन विकाससँगको सहकार्ययमा पहिलो ‘पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम’ गरिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय, कोइका देशीय प्रमुख मुहिओन कङ, एचआरडी कोरियाका प्रतिनिधि किसु किमसहितकाे उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो ।
कोइका परियोजनाको ‘के–हामी’ र नेपाल सरकारबिचको दुइपक्षीय पहलमा भएको पहिलो पुनः एकीकरण तालीमले नेपाल फर्किएका र फर्कन चाहनेहरूका लागि मार्गदर्शन बन्ने जनाइएको छ ।
यस परियोजनाले कोरियाबाट नेपाल फर्किएकाहरूलाई के गर्ने ? कसरी गर्ने ? तथा कोरियाको सिपलाई नेपालमा आएर सदुपयोग गर्न सम्बन्धी प्रशिक्षण दिइएको हो । सन् २०२८ सम्म रहने यो परियोजना अवधिभरमा काेरियाबाट फर्केकाहरूलाई स्वदेशमै केही उद्यमशीलता गर्न सहयोग गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?
-
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?
-
सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
६ घर दलित परिवारको बाटो बन्द हुने गरी मन्दिरमा पर्खाल
-
आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा