मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक परिवर्तनले पनि श्रमिकको हित गर्न सकेन : कमल थापा

मङ्गलबार, १८ वैशाख २०८१, २० : ५८
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक परिवर्तन पछि पनि श्रमिक वर्गको हक,हित र संरक्षण हुन नसकेको बताएका छन् । पार्टी आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपालको श्रम बजार बिस्तार हुनुको सट्टा सङ्कुचित भएको टिप्पणी गरे ।

सरकारको गलत नीति र अदूरदर्शिताका कारण रोजगारीको अवसर सृजना हुन नसकेको र नेपाली युवाहरूले वैदेशिक रोजगारीको मुख ताक्नु पर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको थापाको भनाई थियो । रेमिटेन्सको भरमा मुलुक चलाउनु पर्ने  विडम्बनापूर्ण अवस्था देशले बेहोर्नु परिरहेको भन्दै थापाले पछिल्लो समय राज्य प्रति जनताको भरोसा टुटेको समेत बताए । मजदुर वर्ग र उसको आश्रित परिवारको शिक्षा ,स्वास्थ्यमा सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

सम्मेलनको उद्घाटन सत्रमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ ,ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुँवर , मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर , आईएलओका प्रतिनिधि सोलोमान राजवंशी लगायतले बोलेका थिए । टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको बन्द सत्रले ६ बुँदे प्रतिबद्धता पारित गरेको छ । सम्मेलनमा ५५ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको टुकोनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप