एभरेष्ट बैंकद्वारा कपिलवस्तुमा नयाँ एक्स्टेन्सन काउन्टर उद्घाटन
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ स्थित पकडीमा एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरिएको बैंकले जनाएको छ ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरे ।
उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको भन्दै पकडी र सो आसपासका बासिन्दाहरुलाई आफूहरुले सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिवद्धता व्यक्त गरे ।
साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि विभिन्न अफरका साथ सेवा पाउने भएका छन् । जसअनुसार साधारण बचत खाता (न्युनतम मौज्दात) रु. १०० मा खोल्न सकिने छ भने चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००, तलबी बचत खाता – शुन्य मौज्दात र नारी बचत खाता रु. १,२५० मा खोज्न सकिनेछ । यस्तै डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाइल बैंकिङ्ग सेवा पनि पहिलो पटक निःशुल्क पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण