बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आमरण अनसनरत किसान घिमिरेको स्वास्थ्य बिग्रिँदै

बुधबार, ०५ वैशाख २०८१, १८ : ५९
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । आमरण अनसनरत युवा किसान श्रीराम घिमिरेको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । काठमाडौँको शान्ति वाटिकास्थित बुधबार पाँचौँ दिन आमरण अनसनरत घिमिरेको स्वास्थ्य अवस्था बिग्रिएको हो । 

श्रीरामका साथी सरोज घिमिरेका अनुसार उनको स्वास्थ्य अवस्था खराब भएर आफै उठ्न नसक्ने अवस्थामा पुगेका छन् । ‘आज पाँचौँ दिन भयो हिँड्न बोल्न सक्ने अवस्थामा छैनन्,’ सरोजले भने । 

उनी कृषि क्षेत्र सुधारका लागि ५ बुँदे माग राख्दै अनसनरत छन् । ‘आमरण अनसन सुरु गरेको आज पाँचौँ दिन भयो,’ उनका साथी सरोज घिमिरेले भने, ‘तर कुनै निकायले सुनवाइ गरेको छैन ।’  

श्रीरामले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था गर्न माग गरेका छन् । यस्तै, प्रोजेक्टको आधारमा ५० लाखसम्म १ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नसमेत उनको माग छ । 

किसान कार्डको आधारमा कृषि अनुदानलाई भूमि र भाडामा यातायातको सर्वसुलभता हुनुपर्ने उनको माग छ । यस्तै,  पूर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्न उनले माग गरेका छन् । श्रीरामले वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप