पूर्वमुख्यसचिव शाक्यको निधन
बुधबार, ०५ वैशाख २०८१, २२ : ४१
काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए ।
उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए ।
पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे विप्लव
-
‘श्रमको उचित मूल्यबिना देशको विकास र समृद्धि सम्भव छैन’
-
वनस्पतिबाट औषधीका लागि प्रयोग हुने ११ हजार बढी रसायनको डाटाबेस तयार
-
‘बोक्सीको घर’को पाइरेसीविरुद्ध कानुनी उपचार खोज्ने ओएसआरको चेतावनी
-
नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम पूरा
-
आईपीएलमा आज : दुई किङ्सबिच चेन्नईमा भिडन्त, जित्नै पर्ने दबाबमा पन्जाब