मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे  विप्लव

बुधबार, १९ वैशाख २०८१, ११ : ३९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  विप्लव ललितपुरस्थित हरिसिद्धिमा पार्टीले  सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काट्न पुगेका छन् । 

 केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले श्रमिक दिवसको अवसरमा नेता कार्यकर्ता सँगै महासचिवले गहुँ काटेर श्रमिक दिवसको शुभकामना दिएको जानकारी दिए । सो क्रममा विप्लवले विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुँजीपति वर्गबिचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने बताए ।

विप्लवले पुँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप