श्रमिक दिवसको दिन ललितपुरको हरिसिद्धिमा गहुँ काट्न पुगे विप्लव
बुधबार, १९ वैशाख २०८१, ११ : ३९
काठमाडौँ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ललितपुरस्थित हरिसिद्धिमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काट्न पुगेका छन् ।
केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले श्रमिक दिवसको अवसरमा नेता कार्यकर्ता सँगै महासचिवले गहुँ काटेर श्रमिक दिवसको शुभकामना दिएको जानकारी दिए । सो क्रममा विप्लवले विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुँजीपति वर्गबिचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने बताए ।
विप्लवले पुँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण