‘श्रमको उचित मूल्यबिना देशको विकास र समृद्धि सम्भव छैन’
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले श्रमको उचित मूल्यबिना देशको विकास र समृद्धि सम्भव नरहेको बताएका छन् ।
१३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा उनले यस्तो धारणा राखेका हुन् ‘नेपालको संविधानमा श्रमको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरे पनि आज देशमा रोजगारीको लागि प्रत्येक दिन हजारौँको सङ्ख्यामा श्रमिकहरू विदेश जान बाध्य छन्’, उनले भने, ‘श्रमको उचित मूल्य र सम्मान बिना देशको समृद्धि र विकास सम्भव छैन ।’
आज समाजमा खुलेआम श्रमिकहरू अपमानित हुने र श्रमचोरहरु सम्मानित हुने विडम्बनापूर्ण स्थिति विद्यमान रहेको उनको भनाइ छ ।
यस दुःखद अवस्थाको अन्त्य सहित श्रमिकहरूको हक, अधिकार र सम्मानको लागि देशबाट दलतन्त्रको लूटकारी व्यवस्थाको अन्त्य जरुरी रहेको उनले बताए । यसमा सम्पूर्ण नेपाली जनताको ध्यान पुग्नुपर्ने भन्दै उनले आम श्रमजीवीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण