लोक गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’ चर्चामा
काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त
लखर लखर हिँडेकै आनन्द, मलाई बरु भोकै हिँडेको आनन्द
माथिका शब्द लोकप्रिय गायक विमलराज क्षेत्रीका नयाँ गीत ‘बैक भरी धन’ को हो । केही दिन अगाडि सार्वजनिक दिनको चर्चामा दिन प्रतिदिन चुलिँदो छ ।
यर्थाथ परक गीतले आफूलाई गम्भीर र सोचनीय बनाएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरिरहेका छन् । कतिपयले गीतलाई जीवन जिउन सिकाउने कला भन्दै तारिफ समेत गरेका छन् ।
लोक शैलीमा तयार गीतमा शब्द, संगीत स्वर विमलराज क्षेत्रीकै छ । गीतको एरेन्ज लच्क्षु प्रकाश मल्लले गरेका हुन् ।
गीतको भिडियोमा गायक क्षेत्रीका अलवा लेखराज आचार्यको पनि अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाइको छायाङ्कन र मीन रावलको सम्पादन छ ।
गीतले मन परेको खान पाइने, जाहँनी जान पाइने, रोग व्यथा नभएसी दबाइ नि नचाहिने, धन पैसा नभए नि दैव दाइना भएको आनन्द सबैभन्दा ठुलो खुसी भएको भनेको छ । गीत मार्फत गायकले धनको तिर्खा कहिल्यै नमेटिन र वास्तविक सुख धन नहुँदा हुने बुझाउन खाेजेका छन् ।
विमलराज क्षेत्रीले ‘जापान टोकियो मैले चिठ्ठी पठाएकै थिएँ, कता रोकियो’, ‘मधु वनैमा’, ‘सुपारी चाम्रो म के राम्रो छु र खै मायाको हेराइ हो राम्रो’, ‘बुट्टे रुमाल’, ‘आँठी स्वयम्बरको’ लगायत करिब ६ सयभन्दा बढी लोकदोहोरी गीत साङ्गीतिक क्षेत्रमा दिएका छन् । जसमध्ये अधिकांश हिट ठहरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण