बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष

बिहीबार, ०६ वैशाख २०८१, १७ : ००
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रदेश प्रमुखहरूले गण्डकी र सुदूरपश्चिम प्रदेशमा संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रदेशमा संवैधानिक व्यवस्थालाई मिचेर काम भइरहेको बताए । 

‘प्रदेश प्रमुखले संवैधानिक व्यवस्था विपरीत काम गरिरहेका छन् । अदालतको मानहानि गरिरहेका छन् । यस विषयमा प्रदेशका साथीहरूले बिफ्रिङ गर्नुभएको थियो,’ उनले भने, ‘त्यसको प्रतिवाद गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ ।’ सभामुखलाई गणना गरी एमालेका खगराज अधिकारीले दाबी पेस गर्दा गण्डकी प्रदेशमा प्रदेश प्रमुख शीवराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । यही बिचमा प्रदेश प्रमुख भट्टले वैशाख ७ गते प्रदेशसभाको बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले बहुमतसहित दाबी पेस गर्दा पनि प्रदेश प्रमुख नजिर मियाँले अस्वीकार गरेर असंवैधानिक काम गरेको महतले बताए । 

प्रदेशमा भइरहेको असंवैधानिक कामबारे कानुनविद् गोपालकृष्ण घिमिरे, सिताराम केसी  र खम्मबहादुर खाती लगायत छलफल गरेको महतले बताए । देउवाले बैठकमा बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटबारे छलफलमा जानकारी गराएका थिए ।

नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो दलको मुख्यमन्त्री बन्ने परिस्थिति बनेको भन्दै सहयोग मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप