बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह

शुक्रबार, ०७ वैशाख २०८१, १५ : ३२
शुक्रबार, ०७ वैशाख २०८१

वाशिङटन डीसी । अमेरिकाले इजरायलमा रहेको आफ्ना वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई देशभित्र आवागमन सीमित पार्न भनेको छ । वाणिज्य दूतावासका कर्मचारी र तीनका परिवारको सुरक्षालाई ध्यानमा राखेर अमेरिकाले यो कदम चालेको हो । इजरायलले शुक्रबार बिहान इरानमाथि आक्रमण गरेको खबरहरू आइरहँदा यो घोषणा भएको हो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि बृहत तेल अभिभ क्षेत्रका साथै जेरुसेलम र बिर्शेभा क्षेत्रबाहिर नजान कर्मचारी र तिनका परिवारलाई भनिएको छ । सुरक्षा स्थिति तनावग्रस्त बनेको अनि द्रुत गतिमा परिवर्तन हुन सक्ने जटिल सुरक्षा वातावरणका कारण इजरायलभित्र आवतजावतमा थप प्रतिबन्ध लगाउन सकिने इजरायलस्थित अमेरिकी महावाणिज्य दूतावासले भनेको छ ।  

इरानले गएको शनिबार राति इजरायली भूमिमा करिब ३०० मिसाइल र ड्रोन प्रहार गरेको थियो । इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइलहरू इजरायलले खसालेको दाबी गरिएको थियो । तर उचित समयमा सो आक्रमणको जवाफ आफूले दिने इरानले चेतावनी दिँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप