म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने

गलेश्वर । मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।
नेपाल मगर सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनमगर (लोकेश) ले जानकारी दिए ।
उनका अनुसार वैशाख १० गते रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट गरिने भएको छ । वैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तरक्रिया कार्यक्रम गरिने छ भने सोही दिन मालिका गाउँपालिका–५ देविस्थान, र वैशाख १२ गते धवलागिरिको केन्द्र मुनामा कार्यक्रम गर्ने बताइएको छ ।
नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)
-
गर्मीयाममा तपाईंको पनि आँखा रातो हुने समस्या छ ?
-
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ