भारतीय सेयर बजारमा उछाल

नयाँ दिल्ली । भारत र पाकिस्तानबिच युद्धविराम भएपछि भारतीय सेयर बजारमा सुरुवाती कारोबारमा ठूलो वृद्धि भएको छ । बिहान कारोबार सुरु हुँदैखेरी बेन्चमार्क बीएसई सेन्सेक्स २३०० अङ्कले बढेको थियो ।
उता अर्को बेन्चमार्क निफ्टी पनि झन्डै ७०० अङ्कले बढेको थियो । सेन्सेक्समा इन्डसइन्ड बैंक र सन फार्माबाहेक सूचीकृत अन्य सबै ३० कम्पनीहरूको सेयर बढिरहेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८४ प्रतिशत धेरै हो ।
बिहान ११ः१० बजे, सेन्सेक्स २ हजार २५६ दशमलव ९१ अङ्कले बढेर ८१ हजार ७१६ दशमलव १३ अङ्कमा कारोबार भएको थियो । अर्कोतर्फ, निफ्टी पनि ७०५ दशमलव १६ अङ्कले बढेर २४ हजार ७१३ दशमलव १५ अङ्कमा पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ९४ प्रतिशत धेरै हो ।
विदेशी लगानीकर्ताहरू फेरि भारतीय बजारमा फर्किरहेको बजार विश्लेषकहरूले बताएका छन् । पछिल्ला १५ दिनमा विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय बजारमा राम्रो खरिद गरेको पनि तथ्याङ्कले देखाएको थियो ।
भारत र पाकिस्तानबिचको युद्धविरामको साथसाथै चीन र अमेरिकाबिच व्यापार सम्झौताको सम्बन्धमा भएको वार्तामा भएको प्रगतिबाट लगानीकर्ताहरू उत्साहित रहँदा भारतीय शेयर बजार उकालो लागेको विश्लेषकहरू भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल