भारतीय सेयर बजारमा उछाल
नयाँ दिल्ली । भारत र पाकिस्तानबिच युद्धविराम भएपछि भारतीय सेयर बजारमा सुरुवाती कारोबारमा ठूलो वृद्धि भएको छ । बिहान कारोबार सुरु हुँदैखेरी बेन्चमार्क बीएसई सेन्सेक्स २३०० अङ्कले बढेको थियो ।
उता अर्को बेन्चमार्क निफ्टी पनि झन्डै ७०० अङ्कले बढेको थियो । सेन्सेक्समा इन्डसइन्ड बैंक र सन फार्माबाहेक सूचीकृत अन्य सबै ३० कम्पनीहरूको सेयर बढिरहेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८४ प्रतिशत धेरै हो ।
बिहान ११ः१० बजे, सेन्सेक्स २ हजार २५६ दशमलव ९१ अङ्कले बढेर ८१ हजार ७१६ दशमलव १३ अङ्कमा कारोबार भएको थियो । अर्कोतर्फ, निफ्टी पनि ७०५ दशमलव १६ अङ्कले बढेर २४ हजार ७१३ दशमलव १५ अङ्कमा पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ९४ प्रतिशत धेरै हो ।
विदेशी लगानीकर्ताहरू फेरि भारतीय बजारमा फर्किरहेको बजार विश्लेषकहरूले बताएका छन् । पछिल्ला १५ दिनमा विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय बजारमा राम्रो खरिद गरेको पनि तथ्याङ्कले देखाएको थियो ।
भारत र पाकिस्तानबिचको युद्धविरामको साथसाथै चीन र अमेरिकाबिच व्यापार सम्झौताको सम्बन्धमा भएको वार्तामा भएको प्रगतिबाट लगानीकर्ताहरू उत्साहित रहँदा भारतीय शेयर बजार उकालो लागेको विश्लेषकहरू भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण