इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
गाजापट्टी । हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने भएको छ । एडेन अलेक्ज्याण्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् ।
हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागको रूपमा यो कदम चालिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार मध्यपूर्वको भ्रमणमा जानै लाग्दा हमासको यो निर्णय आएको हो ।
यसले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने हमासले बताएको छ । विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ । प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा भएको यसअघि हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका थिए ।
इडेन अलेक्ज्याण्डरको रिहाइबारे अमेरिकाले पहिले नै जानकारी गराएको इजरायलको प्रधानमन्त्री कार्यालयले बताएको छ । एडन अलेक्ज्याण्डरको रिहाइको पुष्टि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पनि गरेका छन् ।
एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनी अमेरिकाको न्यु जर्सीमा हुर्के बढे । अक्टोबर ७ मा हमासले पक्राउ गर्दा २१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण