शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

हेड र हैदराबादसामु नतमस्तक बने कीर्तिमान

आइतबार, ०९ वैशाख २०८१, १० : ००
आइतबार, ०९ वैशाख २०८१

हैदराबाद । इन्डियिन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गर्दा थुप्रै कीर्तिमानहरू बनेका छन् । प्रतियोगिताको ३५ औँ खेलमा हैदराबाद ६७ रनले विजयी बन्यो ।

हैदराबादले प्रस्तुत गरेको २ सय ६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा मात्र १ सय ९९ रनमा सीमित बन्यो । हेरौँ शनिबारको खेलमा कस्ता–कस्ता कीर्तिमानहरू बने ।

  • १२५/० – छैटौँ ओभरको अन्त्यमा हैदराबादको स्कोर । कुनै पनि पुरुष टी–२० खेलहरूको पावरप्लेमा बनेको यो सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०१७ मा नटिङह्यामसायरले डरहामविरुद्ध ट्रेन्टब्रिजमा कुनै पनि विकेट नगुमाई १ सय ६ रन बनाएको थियो । आईपीएलमा भने सन् २०१७ मै कोलकाताले बैंगलुरुमा रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध कुनै पनि विकेट नगुमाई १ सय ५ रन बनाएको थियो ।
  • ४.६ – १ सय रन पूरा गर्न हैदराबादलाई लागेको ओभरको सङ्ख्या । पुरुष टी–२० को इतिहासमा कुनै पनि टोलीले सबैभन्दा चाँडो शतक पूरा गरेको हो । यसअघि सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध ५.३ ओभरमा एक सय रन पूरा गरेको थियो । आईपीएलमा भने सन् २०१७ मा कोलकाताले बैंगलुरुमा रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध र सन् २०१४ मा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध ५.६ ओभरमा सो उपलब्धि हासिल गरेको थियो ।
  • ८४ – पावरप्लेमा ट्राभिस हेडले बनाएको रन । पुरुष–२० खेलमा कुनै पनि खेलाडीले पावरप्लेमा बनाएको यो दोस्रो ठुलो स्कोर हो । यसअघि सुरेश रैनाले सन् २०१४ मा किंग्स इलेभेन पञ्जाबविरुद्ध ८७ रन बनाएका थिए ।

travis head

  • १६ – हेडलाई अर्धशतक बनाउन चाहिएको बलको सङ्ख्या । आईपीएलमा हैदराबादका लागि उनले सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड बराबरी गरेका छन् । यसअघि यही सिजनमा अभिषेक शर्माले यो उपलब्धि हासिल गरेका थिए ।
  • २४ – हैदराबादले पावरप्लेमा प्रहार गरेको बाउन्ड्रीको सङ्ख्या । पुरुष टी–२० मा कुनै पनि टोलीले हिर्काएको सबैभन्दा धेरै बाउन्ड्री हो । यसअघि सन् २०१४ मा श्रीलंकाले ससेक्सविरुद्ध २० वटा बाउन्ड्री प्रहार गरेको थियो । पहिलो ६ ओभरमा हैदराबादले प्रहार गरेको ११ वटा छक्का पनि शीर्ष रेकर्डसँग बराबरी हो ।
  • २०.६८ – हेड र अभिषेक शर्माबिच शतकीय साझेदारीका क्रममा रहेको रन रेट । आईपीएलमा यो सबैभन्दा उच्च हो । यसअघि क्रिस लिन र सुनिल नरेनबिच सन् २०१७ मा बैंगलुरुविरुद्ध १७.०२ को रन रेट थियो । उनीहरूले ६.१ ओभरमा १०५ रन जोडेका थिए । पुरुष टी–२० को इतिहासमा यो दोस्रो उच्च रन रेट पनि हो । यसअघि सामराह ब्रुक्स र इमाद वसिमले सीपीएल २०२२ मा ४.५ ओभरमा १०३ रन बनाएका थिए । उनीहरूको रन रेट २१.३१ रहेको थियो ।

travis abhisekh

  • ८.४ – हैदराबादलाई १ सय ५० रन पुग्न लागेको ओभरको सङ्ख्या । पुरुष टी–२० खेलहरूमा टोलीले सबैभन्दा चाँडो यो कोशेढुंगा पार गरेका हुन् । यसअघि वेरसेस्टरसायरले नर्दनह्याम्पटनसायरविरुद्ध सन् २०१८ र डरहमविरुद्ध सन् २०१९ मा ९.२ ओभरमा १ सय ५० रन पूरा गरेको थियो ।
  • १५८/४ – १० ओभरको अन्त्यमा हैदराबादको स्कोर । आईपीएलमा खेलको मध्यमा बनाइएको सबैभन्दा उच्च स्कोर हो । यसअघि हैदराबादले नै मुम्बईविरुद्ध यो सिजनमा २ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । पुरुष टी–२० मा भने यो दोस्रो ठुलो स्कोर हो । वेरसेस्टरसायरले नर्दनह्याम्पटनसायरविरुद्ध सन् २०१८ मा कुनै पनि विकेट नगुमाई १ सय ६२ रन बनाएको थियो ।
  • २२ – हैदराबादले दिल्लीविरुद्ध हिर्काएको छक्काको सङ्ख्या । आईपीएलमा कुनै पनि टोलीले हिर्काएको सर्वाधिक छक्काको कीर्तिमान बराबरी भएको छ । यसअघि हैदराबदले नै बैंगलुरुविरुद्ध यो कीर्तिमान बनाएको थियो ।
  • ३ – यो सिजन आईपीएलमा हैदराबादले २ सय ५० भन्दा बढी रन बनाएको स्कोरको सङ्ख्या । टी–२० क्रिकेटमा तीनपटक २ सय ५० भन्दा बढी रन बनाउने सर्रेपछि हैदराबाद दोस्रो टोली हो ।
  • २ – दिल्ली आईपीएलमा दुईपटक २ सय ५० रन चुहाउने पहिलो टोली बन्यो । पुरुष टी–२० खेलहरूमा मिडलसेक्स, श्रीलंका र वेस्ट इन्डिजको नाममा यो खराब रेकर्ड छ ।

jake

  • १५ – जेक फ्रेसर म्याकगर्कलाई अर्धशतक बनाउन लागेको बलको सङ्ख्या । आईपीएलमा यो चौथो चाँडो अर्धशतक हो । दिल्लीका लागि भने यो सबैभन्दा चाँडो हो । उनले यसअघि क्रिस मोरिसले सन् २०१६ मा गुजरात लायन्सविरुद्ध बनाएको १७ बलको रेकर्ड तोडेको हुन् ।
  • २१३ – शनिबार हैदराबाद र दिल्लीले पावरप्लेमा बनाएको रनको सङ्ख्या । कुनै पनि पुरुष टी–२० खेलमा बनेको सबैभन्दा धेरै रन हो । यसअघि नटिङह्यामसायर र योर्कसायरले सन् २०१७ मा १ सय ७४ रन बनाएका थिए । आईपीएलमा सन् २०१४ मा चेन्नई र पञ्जाबले १ सय ७० रन बनाएका थिए ।

kuldeep yadav

  • ५५ – कुलदीप यादवले खर्चेको रनको सङ्ख्या । पुरुष टी–२० खेलमा कुनै पनि बलरले चार वा सोभन्दा विकेट लिएर पनि यति धेरै रन खर्चेको पहिलो अवसर हो । यसअघि करनवीर सिंहले सन् २०२४ मा र अफताब आलमले सन् २०१७ मा ५४ रन खर्चेका थिए ।

ईएसपीएन क्रिकइन्फोबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप