रौतहटमा विपद्मा उद्धारसम्बन्धी संयुक्त अभ्यास
रौतहट । रौतहटको सदरमुकाम गौरमा आइतबार विपद्मा उद्धारसम्बन्धी संयुक्त अभ्यास कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेक्वाको आयोजनामा नेपाली सेना र नेपाल प्रहरीसँगको सहकार्यमा गौर नगरपालिका-५ बरहवा तालमा उक्त अभ्यास गरिएको हो ।
आगलागी, जल उत्पन्न प्रकोप तथा बाढी डुबान, सम्बन्धी घटनाहरूमा परिचालन हुन पूर्वतयारी, जोखिमलाई प्रभावकारी ढङ्गले कार्य सम्पादन तथा न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त विपद् कृत्रिम घटना अभ्यास सम्बन्धी कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए । उक्त अवसरमा संयुक्त सुरक्षा टोलीका विज्ञ समूहले बरहावा तालमा डुबिरहेका मानिसको उद्धार, आगलागी नियन्त्रणका दृश्य लगायत विपद् उद्धारमा प्रयोग हुने सामाग्रीहरू प्रदर्शन समेत गरिएको थियो।
जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गौर नगरपालिकाका मेयर शम्भु साह,राजदेवी नगरपालिकाका मेयर भिखारी राय यादव, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका अध्यक्ष राजकिशोर यादव, प्रादेशिक अस्पताल गौर मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुर स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुखहरू लगायत झन्डै ३०० जनाको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण