०८४ मा एमालेलाई बहुमतमा पुर्याउने गरी काम गर्न ईश्वर पोखरेलको निर्देशन
काठमाडौँ । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्याउने गरी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए । उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरूलाई पनि सुदृढ गर्नुपर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरू पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरूलाई नभएको बताए । उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण