सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

०८४ मा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न ईश्वर पोखरेलको निर्देशन

आइतबार, ०९ वैशाख २०८१, १९ : २२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।  

आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए । उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरूलाई पनि सुदृढ गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरू पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरूलाई नभएको बताए । उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप