शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किशोर चम्केपछि गुजरातसँग हार्‍यो पञ्जाब

सोमबार, १० वैशाख २०८१, ०५ : ४६
सोमबार, १० वैशाख २०८१

मुल्लनपुर । साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो ।

गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए । उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए । 

पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए । अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे ।

यसअघि साई किशोरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएपछि पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए । हरप्रिर ब्रारले २९ तथा कप्तान साम करनले २० रनको योगदान दिए ।

गुजरातका लागि मोहित शर्मा र नुरु अहमदले २–२ विकेट लिए । रासिद खानले पनि एक विकेट हासिल गरे । ८ खेलपछि गुजरातको यो चौथो जित थियो । टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप