शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाखालबाट पक्राउ परेका एमाले नेता खड्कासहित १४ जनालाई जिल्ला झिकाइयो

सोमबार, १० वैशाख २०८१, ११ : ३६
सोमबार, १० वैशाख २०८१

धनगढी । कैलालीको टीकापुरमा जुवाखालबाट पक्राउ परेका नेकपा एमालेका जिल्ला नेता प्रकाश खड्कासहित १४ जनालाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलाली झिकाइएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार साँझ एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका सुदूरपश्चिम सचिव समेत रहेका खड्का, टीकापुरकै सिद्धराज ठकुल्ला, सुरतबहादुर ओली, रामबहादुर बिष्ट, केशव थापा, जनकराज उपाध्यायलगायत १४ पक्राउ परेका थिए । उनीहरुलाई थप कारबाहीको लागि जिल्ला प्रशासन पेश गर्न लागिएको हो ।

ईप्रका टीकापुरका प्रहरी नाउव उपरीक्षक विश्वराज अधिकारीले उनीबाट ताससहित २५ हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी दिए । जुवा ऐनअनुसार उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप