आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटर रेसका क्रममा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

सोमबार, १० वैशाख २०८१, १७ : १३
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । श्रीलंकामा आयोजित एक कार रेस प्रतियोगिताका क्रममा अनियन्त्रित कारले दर्शकहरूलाई ठक्कर दिँदा सात जनाको निधन भएको छ । दुर्घटनामा परी २१ जना दर्शक गम्भीर घाइते भएको समाचारमा जनाइएको छ ।

घटना आइतबार श्रीलंकाको दियातलावामा ‘फक्स ह्विल सुपरक्रस’ का क्रममा भएको बताइएको छ । मृत्यु हुनेमा एक आठ वर्षीया बालिका पनि रहेको समाचारमा जनाइएको छ । मृत्यु हुने बाँकी ६ मध्ये चार जना मोटर रेसका सहभागी र एक जना दर्शक हुन् ।

दियातलावा आर्मीको बेस क्याम्प रहेको सहर हो । कार रेसका लागि तयार पारिएको ट्र्याक पनि आर्मीकै नियन्त्रणमा रहेको बताइएको छ । स्थानीय सुरक्षा अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

‘कार रेसका क्रममा एउटा कार अचानक अनियन्त्रित भई आफ्नो ट्र्याकबाट उछिट्टिएर दर्शक भएको स्थानतर्फ गएको थियो,’ स्थानीय प्रहरीका प्रवक्ता निहाल तालडुवाले भनेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार, रेसका क्रममा अघिल्लो कार पल्टिएपछि तीव्र गतिमा हुइँकिएको अर्को कार पनि अनियन्त्रित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप