सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्टोइनिसले बनाए नयाँ कीर्तिमान

बुधबार, १२ वैशाख २०८१, ११ : ०१
बुधबार, १२ वैशाख २०८१

चेन्नई । मंगलबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स आफ्नो घरेलु मैदानमा लखनउ सुपर जायन्ट्ससँग स्तब्ध बन्यो । चेन्नई खेलमा ६ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा २ सय १० रन बनायो । जवाफमा लखनउले २ सय ११ रनको लक्ष्य मात्र ४ विकेटको क्षतिमा ३ बल अगावै पछ्यायो ।

यो खेलमा थुप्रै नयाँ रेकर्डहरू बनेका छन् । हेरौँ के–कस्ता रेकर्डहरू बने:

  • १२४ – मार्कस स्टोइनिसले चेन्नईविरुद्ध बनाएको स्कोर । आईपीएलमा सफलतापूर्वक रन पछ्याउँदा कुनै पनि ब्याटरले बनाएको यो सर्वाधिक स्कोर हो । यसअघि पञ्जाबका पाउल वल्थातीले सन् २०११ मा चेन्नईविरुद्ध नै १ सय २० रन बनाएका थिए । चेन्नईविरुद्ध कुनै पनि खेलाडी बनाएको सर्वाधिक स्कोरको वीरेन्द्र सहवागको रेकर्ड पनि स्टोइनिसले तोडेका छन् ।
  • २११ – लखनउले पछ्याएको लक्ष्य । चेन्नईमा कुनै पनि टोलीले पछ्याएको सबैभन्दा ठुलो स्कोर हो । यसअघि चेन्नईले सन् २०१२ मा रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध २ सय ६ रनको लक्ष्य पछ्याएको थियो । अन्य स्थानमा चेन्नईविरुद्ध मुम्बईले मात्र योभन्दा ठुलो लक्ष्य पछ्याएको छ । सन् २०२१ मा मुम्बईले चेन्नईविरुद्ध २ सय १९ रन पछ्याएको थियो ।
  • ३ – लखनउले २ सयभन्दा बढीको लक्ष्य पछ्याएको अवसर । 
  • ११३ – अन्तिम ८ ओभरमा लखनउलाई चाहिएको रन । मात्र एउटा टोलीले अन्तिम आठ ओभरमा सफलतापूर्वक रन पछ्याउँदा योभन्दा बढी रन बनाएको छ । सन् २०२१ मा मुम्बईले चेन्नईविरुद्ध १ सय २५ रन बनाएको थियो ।

ruturaj

  • ४ – रुतुराज गायकवाडले पराजयमा बनाएको शतकको सङ्ख्या । हारेको खेलमा शतक बनाउनेमा उनीभन्दा अघि क्रिस गेलमात्र रहेका छन् । विराट कोहलीले ३, हासिम आमला र सञ्जु सामसनले २–२ पटक यस्तो शतक बनाएका छन् ।
  • १७ – अन्तिम ओभरमा लखनउलाई चाहिएको रन । यो अन्तिम ओभरमा चेन्नईविरुद्ध अन्तिम ओभरमा पछ्याइएको सबैभन्दा धेरै रन हो । सन् २०२० मा दिल्लीले पनि १७ रन नै पछ्याएको थियो ।
  • ५ – एउटै आईपीएल खेलमा दुवै टोलीका ब्याटरले शतक बनाएको अवसर । सबै खेल सन् २०२३ पछि भएका हुन् । यो सिजन ३ पटक दुवै टोलीका खेलाडीले शतक बनाएका छन् ।

ईएसपीएन क्रिकइन्फोबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप