लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
काठमाडौँ । बुधबार बिहान बेलायतको राजधानी लण्डनमा घोडाले आतङ्क मच्चाउँदा ४ जना घाइते भएका छन् । बिच्किएर कुदेका ५ वटा सैन्य घोडालाई ठुलो कसरतपछि नियन्त्रणमा लिइएको थियो ।
त्यसअघि ती घोडाले केही सवारी साधनमा क्षति पुर्याएका थिए भने कम्तीमा ४ जनालाई घाइते तुल्याएको बताइएको छ । घाइते अवस्थामा ४ जनालाई अस्पताल लगिएको अधिकारीहरूको भनाइ छ ।
एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अभ्यासका क्रममा ती घोडा बिच्किएर भागेका हुन् । बकिङ्घम प्यालेस नजिकै निर्माण कार्य चलिरहेका कारण हो–हल्लाले गर्दा ती घोडा बिच्किएर भागेको बताइएको छ ।
‘हाउसहोल्ड क्याभलरी’ का ती घोडा बेलायतको शाही कार्यक्रममा अहम् हिस्सा हुने गर्दछन् । दुई वटा घोडालाई पाँच किलोमिटर टाढा लाइमहाउसमा समातिएको थियो ।
व्यस्त ट्राफिक र हो–हल्लासँग अभ्यस्त बनाउन ती घोडालाई महिनौँसम्म लन्डनको सडकमा हिँडाउने गरिन्छ । प्रत्येक घोडामा एक सैनिक सवार हुने गरे पनि ती पाँच घोडा भाग्ने क्रममा आफूमाथि सवार सैनिकलाई लडाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण