लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते

काठमाडौँ । बुधबार बिहान बेलायतको राजधानी लण्डनमा घोडाले आतङ्क मच्चाउँदा ४ जना घाइते भएका छन् । बिच्किएर कुदेका ५ वटा सैन्य घोडालाई ठुलो कसरतपछि नियन्त्रणमा लिइएको थियो ।
त्यसअघि ती घोडाले केही सवारी साधनमा क्षति पुर्याएका थिए भने कम्तीमा ४ जनालाई घाइते तुल्याएको बताइएको छ । घाइते अवस्थामा ४ जनालाई अस्पताल लगिएको अधिकारीहरूको भनाइ छ ।
एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अभ्यासका क्रममा ती घोडा बिच्किएर भागेका हुन् । बकिङ्घम प्यालेस नजिकै निर्माण कार्य चलिरहेका कारण हो–हल्लाले गर्दा ती घोडा बिच्किएर भागेको बताइएको छ ।
‘हाउसहोल्ड क्याभलरी’ का ती घोडा बेलायतको शाही कार्यक्रममा अहम् हिस्सा हुने गर्दछन् । दुई वटा घोडालाई पाँच किलोमिटर टाढा लाइमहाउसमा समातिएको थियो ।
व्यस्त ट्राफिक र हो–हल्लासँग अभ्यस्त बनाउन ती घोडालाई महिनौँसम्म लन्डनको सडकमा हिँडाउने गरिन्छ । प्रत्येक घोडामा एक सैनिक सवार हुने गरे पनि ती पाँच घोडा भाग्ने क्रममा आफूमाथि सवार सैनिकलाई लडाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश
-
राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी
-
जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे
-
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
-
भिजिट भिसा प्रकरणः बिचौलिया दोषी ठहर हुँदा अध्यागमनका कर्मचारीलाई सफाइ (पूर्णपाठ)