शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

बिहीबार, १३ वैशाख २०८१, १० : २०
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

आज ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्व. नेता अधिकारी अनेक उतारचढावहरू भए पनि कहिले पनि खण्डित नभएको बताए । 

उनले शासन सत्तामा रहँदा मात्रै नभई स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेको बताए ।  अहिलेको कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीहरूले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशीलताप्रति गम्भीर रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप