आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन

बिहीबार, १३ वैशाख २०८१, २१ : २६
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन भएको छ । बिहीबार अपराह्न उपचारको क्रममा केसीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका हो  । 

काठमाडौँको चावाहिल निवासी उनी झण्डै ६ महिनादेखि मुटुको समस्याबाट पीडित थिए । डेढ वर्षअघि केसीकी श्रीमतीको पनि निधन भएको थियो । 

दोलखामा जन्मिएका केसीले आफ्नै निजी लगानीमा दोलखाका दुर्गम क्षेत्रमा बाटो बनाउने जस्ता काम गरेर समाजसेवीको समेत भूमिका निर्वाह गरेका थिए । स्वास्थ्य समस्याका कारण पछिल्लो समय उनी राजनीतिमा सक्रिय हुन सकेका थिएनन् । केसीका एक छोरा र एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप