रास्वपामा दुईभन्दा बढी हुन सक्छन् ‘वरिष्ठ’ नेता
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीमा दुई वा सोभन्दा बढी वरिष्ठ नेता राख्न सक्ने व्यवस्था गरेको छ ।
- पार्टीको पहिलो महाधिवेशनले पारित गरेको विधानमा पार्टीको नीति निर्माण र सांगठानिक सुदृढीकरणमा योगदान पुर्याएका नेतालाई वरिष्ठ नेता मनोनीत गर्न सकिने उल्लेख छ ।
- वरिष्ठ नेताको मर्यादाक्रम पार्टी सभापतिपछिको दोस्रो स्थानमा रहनेछ, तर एकभन्दा बढी भएमा केन्द्रीय समितिले निर्धारण गर्नेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीमा वरिष्ठ नेता दुई वा दुई भन्दा बढी हुन सक्ने व्यवस्था गरेको छ । असार दोस्रो साता चितवनमा सम्पन्न सो पार्टीको पहिलो महाधिवेशनले पारित गरेको पार्टी विधानमा वरिष्ठ नेता दुई वा त्यो भन्दा पनि बढी हुनसक्ने व्यवस्था गरेको हो ।
‘पार्टीको नीति निर्माण र सांगठानिक सुदृढीकरणमा लामो समयदेखि विशेष योगदान पुर्याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका नेतालाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले ‘वरिष्ठ नेता’ मनोनीत गर्नसक्ने छ’, महाधिवेशनबाट पारित रास्वपाको विधानमा भनिएको छ ।
त्यस्तै वरिष्ठ नेताको मर्यादाक्रम पार्टी सभापतिपछि दोस्रो स्थानमा हुने रास्वपाले जनाएको छ । तर वरिष्ठ नेता दुई वा त्यो भन्दा धेरै भएमा उनीहरूको मर्यादाक्रम केन्द्रीय समितिले निर्धारण गरेबमोजिम हुने व्यवस्था गरेको छ । महाधिवेशनअघि रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता मान्दै आएको थियो ।
महाधिवेशनपछि भने रास्वपाले वरिष्ठ नेता लगायत अन्य पदाधिकारी मनोनीत गरिसकेको छैन । यद्यपि बालेनलाई वरिष्ठ नेता बनाउने सहमति भैसकेको छ । तर, विधानतः २ वा त्यो भन्दा बढिलाई वरिष्ठ नेता बनाउन सक्ने विधानका कारण बालेनसहित अन्य नेता समेत सो पार्टीको वरिष्ठ नेता हुनसक्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण