मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

ड्युटीमा रहेका जवान निलम्बित
मङ्गलबार, २३ असार २०८३, १० : ५८
मङ्गलबार, २३ असार २०८३

सारांश

  • लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनाको छानबिन गर्न डीएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
  • घटनामा ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको छ।
  • फरार थुनुवा संजय नगार्जी लागूऔषध मुद्दामा असार ९ गते पक्राउ परेका थिए र प्रहरीले उनको खोजी तीव्र पारेको छ।

धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको सत्यतथ्य छानबिनका लागि उनकै संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। घटनामा ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको छ।

फरार हुने थुनुवा टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हुन्। उनी आइतबार राति पानी खाने बहानामा हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै फरार भएको प्रहरीले जनाएको छ।

नगार्जी असार ९ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए। फरार भएपछि उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र फरार थुनुवाको खोजी तीव्र पारिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप