झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने बबई नदीमाथिको झोलुङ्गे पुल पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
हरियालीले घेरिएको बबई नदीमाथिको ४०० मिटर लामो पुलमा दैनिक सयौं आन्तरिक पर्यटक पुग्ने गरेका छन् । विशेषगरी सूर्यास्तको दृश्य, नदीको छायाँ तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउनेहरू टिकटक बनाउन र तस्बिर खिच्न व्यस्त देखिन्छन् ।
गत वर्षको गर्मीयामदेखि चर्चामा आएको यो पुल हेर्न दाङसँगै सल्यान र रुकुमबाट पनि ठूलो सङ्ख्यामा आगन्तुक आउने गरेका छन् । सल्यानकी शारदा केसीले सामाजिक सञ्जालमा देखेपछि पुल अवलोकन गर्न आएको बताउँदै यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताइन् ।
पत्रकार लक्ष्मण बस्नेतका अनुसार विसं २०७९ मा निर्माण भएको पुल गत वर्षदेखि चर्चामा आएको हो । गर्मीयाममा दैनिक एक हजारभन्दा बढी मानिस यहाँ पुग्ने गरेका थिए भने अहिले पनि बर्सातका बेला दैनिक पाँचदेखि छ सय जनासम्म अवलोकनका लागि आउने गरेका छन् ।
रु तीन करोड लागतमा निर्माण भएको पुलले स्थानीयको आवतजावत सहज बनाएको छ । स्थानीय करवीर चौधरीका अनुसार बिहान र साँझ पुलबाट देखिने मनमोहक दृश्यले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ ।
स्थानीयले पुल आसपासको क्षेत्र व्यवस्थित गरी पर्यटकमैत्री पूर्वाधार विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण