समाचार
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमबार, २२ असार २०८३, १९ : ३६
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको 'टेरामक्स' खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भने दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार उक्त फैसला सुनाएको हो ।
अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिएको छ । बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले पनि सफाइ पाएका छन् । यस्तै, परामर्शदाता कम्पनी ुभ्यानराइज सोलुसन्सु लाई पनि अदालतले सफाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण