मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोड भएको कटुवा पेस्तोल, गोली र नगदसहित रौतहटमा एक जना पक्राउ

मङ्गलबार, २३ असार २०८३, १० : ११
मङ्गलबार, २३ असार २०८३

सारांश

  • रौतहटको गरुडामा प्रहरीले एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
  • शङ्कास्पद अवस्थामा फेला परेका सदरे आलमको शरीर खानतलासी गर्दा कम्मरमा भिरेको अवस्थामा पेस्तोल बरामद भएको थियो।
  • प्रहरीले आलमको बयानका आधारमा थप ४ राउन्ड लाइभ गोली, १ ब्ल्याङ्क गोली, भारतीय र नेपाली रुपैयाँ तथा नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ।

रौतहट । रौतहटको गरुडाबाट प्रहरीले एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ। 

गरुडा नगरपालिका-५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा जाँच गर्दा गरुडा नगरपालिका-९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलम पक्राउ परेका हुन्। 

शङ्कास्पद अवस्थामा फेला परेका आलमको शरीर खानतलासी गर्दा कम्मरमा भिरेको अवस्थामा लोड भएको एक नाल कटुवा पेस्तोल बरामद भएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका आलमसँग सोधपुछ गर्दा थप हतियार र नगद लुकाएको रहस्य खुलेको छ। उनले सोही मदिरा पसलको पछाडि रहेको खेतको झ्याङमा गोली तथा नगद रुपैयाँ लुकाई-छिपाई राखेको बयान दिएका थिए।

आलमको बयानका आधारमा उनलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा थप सामग्री बरामद भएको छ। प्रहरीले उक्त झ्याङबाट कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउन्ड गोली, १ थान ब्ल्याङ्क राउन्ड गोली, कालो रङको पर्सभित्र रहेको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ र २ पिस नाइट्राभेट ट्याबलेट बरामद गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप