कतारमा रहेका ४३ जना नेपाली जसपामा प्रवेश
आइतबार, १६ वैशाख २०८१, १३ : ३३
दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश गरेको उनको निजी सचिवालयले जनाएको हो।
कतारको सनैयामा शनिबार आयोजित कार्यक्रममार्फत प्रवेश गरेका युवालाई मन्त्री यादवले स्वागत गरेका थिए । कतारमा व्यवसाय गर्दै आएका मोहम्मद तनबिर रेजा, समाजसेवी कलाम खान, चन्द्रवीरु यादव, रामबाबु यादव, मेराजुदिन, शकिल अहमद, शेख आरिफलगायत युवा संगठनमा आबद्ध भएका छन् । समाजका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण