वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्न आग्रह गरेका छन् ।
- उनले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति साझा न्यूनतम कार्यक्रम ल्याएर एकजुट हुनुपर्ने बताए ।
- प्रचण्डले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै दलाई लामाको जन्मोत्सव मनाएको विषय सामान्य नभएको जिकिर गरे ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्न आग्रह गरेका छन् ।
काठमाडौँमा शुक्रबार ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा प्रचण्डले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताएका हुन् । त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
‘साझा न्यूनतम कार्यक्रम चाहियो । राष्ट्रिय स्वाधीनताका निम्ति आन्दोलन यसरी गर्ने । यसमा हामी कसैलाई पनि आपत्ति गर्ने कुरा हुँदैन । राष्ट्रिय स्वाधीनताको लागि लडाइँ लड्न तयार हुने । त्यसका लागि साझा न्यूनतम कार्यक्रम तयार गर्ने । नेपालका गरिब, मजदुर, किसान, उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ, त्यसविरुद्ध जनतालाई सङ्गठित र आन्दोलित गर्ने’, प्रचण्डले भने, ‘सदनमा लड्ने, सडकमा लड्ने, आगामी निर्वाचनमा लड्ने । चारैतिरबाट घेरा हाल्ने । सिकाएको त उनीहरुले छन्, तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ । माओले भन्ने गर्नुहुन्थ्यो–यु फाइट योर वे, वी फाइट आवर वे । हाम्रै तरिकाले लड्ने हो । तर एकै दिन उल्टाउन सकिँदो रहेछ भन्ने कुरा उनीहरुले सिकाएका छन् ।’
प्रचण्डले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिए । तर त्यो पूरा नभएको भन्दै वामपन्थी लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताए । उनले भारतमा निर्वाचित रहेका तिब्बतीयन नेता दलाई लामाको जन्मोत्सव मनाएको विषय सामान्य नभएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण