शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

शुक्रबार, ०८ साउन २०८३, १५ : ३२
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।
  • मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यो भ्रमण पार्टी–पार्टीबीचको प्रकृतिको हुन सक्ने उल्लेख गर्दै त्यसको समन्वय सम्बन्धित राजनीतिक दलले नै गरिरहेको हुन सक्ने बताए।
  • चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका सभापति लामिछाने चीन भ्रमणको तयारीमा रहेको चर्चा भए पनि भ्रमणको मिति भने अझै तय भइसकेको छैन।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकराज लोकबहादुर पौडेल क्षेत्रीले लामिछानेको चीन भ्रमणबारे मन्त्रालयमा औपचारिक जानकारी नआएको बताएका हुन्।

"हालसम्म उहाँको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै पनि प्रकारको औपचारिक जानकारी आएको छैन," उनले भने।

प्रवक्ता क्षेत्रीले यो भ्रमण पार्टी–पार्टीबीचको प्रकृतिको हुन सक्ने उल्लेख गर्दै त्यसको समन्वय सम्बन्धित राजनीतिक दलले नै गरिरहेको हुन सक्ने बताए। "यदि सम्बन्धित पार्टीले भ्रमणका लागि परराष्ट्र मन्त्रालयसँग समन्वयको आग्रह गर्छ भने मन्त्रालयले आवश्यक समन्वय गर्नेछ," उनले भने।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका सभापति लामिछाने चीन भ्रमणको तयारीमा रहेको चर्चा भए पनि भ्रमणको मिति भने अझै तय भइसकेको छैन। पार्टी स्रोतका अनुसार उनी भदौको पहिलो वा दोस्रो साता चीन जान सक्नेछन्।

लामिछाने यसअघि जेठ १८ गते भारत भ्रमणमा गएका थिए। पाँचदिने भ्रमणपछि उनी नेपाल फर्किएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप