तमन्ना भाटियाले ईडीसँग मागिन् समय
नयाँ दिल्ली । बलिउड अभिनेत्री तमन्ना भाटियाले प्रवर्तन निदेशालय (ईडी)को समनको जवाफ दिन समय मागेकी छिन् । आफू मुम्बईमा नभएको भन्दै उनले समय मागेकी हुन् । महाराष्ट्र साइबर सेलबाट आएको समनको जवाफ दिन उनलाई केही समय लाग्ने बताइएको छ । यो मामिला अनलाइन गेमिङ र बेटिंग प्लेटफर्मसँग सम्बन्धित फेयरप्ले एपमा आईपीएल २०२३ को प्रसारणसँग सम्बन्धित छ ।
महाराष्ट्र साइबर सेलले तमन्नालाई अप्रिल २९ सम्ममा समनको जवाफ दिन भनेको थियो । सोही मुद्दामा सञ्जय दत्त र र्यापर बादशाहलाई पनि समन पठाइएको थियो । सञ्जय दत्तले पनि जवाफका लागि अधिकारीहरूसँग समय मागेका छन् । महादेव बेटिंग एपमा अहिलेसम्म दर्जनौँ सेलिब्रेटीको नाम मुछिइसकेको छ ।
यसमा रणवीर कपुर, कपिल शर्मा र ज्याकलिन फर्नान्डिजलगायत ठुला सेलिब्रेटीहरू पनि छन् । पछिल्लो समय तमन्ना भाटिया पनि यसमा फस्दै छिन् । मुम्बई साइबर सेलले तमन्नाको बयान रेकर्ड गर्न चाहिरहेको छ । फेयर प्लेका लागि कसले सम्पर्क गरेको र यसका लागि उनले कति पैसा पाइन् भनेर पनि उनीसँग सोधिनेछ ।
साहिल खान पनि पक्राउ
यसअघि शनिबार अभिनेता साहिल खान पक्राउ परेका थिए । उनीमाथि महादेव बेटिंग एपको प्रचार गरेको आरोप लागेको छ । प्रहरीले उनलाई मे १ सम्मका लागि हिरासतमा राखेको छ । अभिनयमा खासै छाप छाड्न नसकेपछि खान फिटनेसतिर लागे । उनी अहिले फिटनेस इन्फ्लुसर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण