खाली पेट घ्यू खानुको फाइदा
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा खाली पेट घ्यू खाँदाको फाइदासम्बन्धी भिडियोहरू भाइरल भएका छन् । बलिउडका ठूल्ठूला अभिनेत्रीदेखि सोसल मिडिया इन्फ्लुएन्सरसम्मलाई यी भिडियोमा देख्न सकिन्छ । घ्यू हाम्रो शरीरका लागि निकै फाइदाजनक छ । यसले शरीरमा रोग प्रतिरक्षात्मक क्षमता बढाउँछ र कयौँ रोगव्याधीबाट हामीलाई जोगाउँछ पनि ।
पुरानो जमानामा घ्यूमै खाना तरकारी बनाइन्थ्यो । घ्यूमा पाइने ओमागा ३ फ्याटी एसिड र भिटामिन ए हाम्रो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर खाली पेटमा घ्यू खाँदा के हुन्छ ?
रोग प्रतिरक्षा क्षमता बढाउँछ
घ्यूमा भरपूर मात्रामा ब्यूटिरिक एसिड पाइन्छ । यसले शरीरलाई रोगसँग लड्ने टी–कोशिकाहरूको उत्पादनमा सघाउँछ । यसको सेवनले शरीरमा भएको रोगहरूसँग लड्न पनि मद्दत मिल्छ ।
पाचनका लागि फाइदाजनक
घ्यूमा पोषक तत्वहरू भरपूर मात्रामा पाइन्छ । यसले पाचन र पेटलाई बलियो बनाउँछ । बिहान खाली पेटमा एक चम्चा घ्यूको सेवन गर्दा पाचन प्रणाली बलियो हुने विश्वास छ ।
तौल घटाउन सहायक
तौल घटाउन पनि घ्यूको सेवन सहयोगी हुन सक्छ । घ्यूले पेटमा जमेको बोसो कम गर्न मद्दत गर्छ । बिहान खाली पेटमा घ्यू खाँदा भोक नियन्त्रणमा रहन्छ । जसका कारण जति बेला पनि के खाँउ के खाउँ हुँदैन ।
छालाको लागि लाभदायक
घ्यूको प्रयोग छालाको लागि पनि वरदान साबित हुन सक्छ । यसमा पाइने भिटामिनले छालालाई कसिलो राख्छ र बुढ्यौलीबाट बचाउँछ । प्राचिन समयमा घ्यूलाई सौन्दर्य प्रशाधनको रुपमा प्रयोग गरिन्थ्यो । अनुहारमा घ्यू लगाउँदा छाला नरम हुन्छ ।
कपाललाई पनि स्वस्थ राख्छ
घ्यूमा भिटामिन ई हुन्छ । यो कपाल र टाउकोको छाला दुबैका लागि राम्रो हुुन्छ । यसमा मोइष्चराइजिङ गुण पनि हुन्छ ।
हाडलाई बलियो बनाउँछ
घ्यूले हाडलाई पनि तागत दिन्छ । घ्यूमा प्रचुर मात्रामा भिटामिन के हुन्छ । यो क्याल्सियम सोस्न उपयोगी हुन्छ । यसले दाँतलाई सड्नबाट पनि मद्दत गर्छ र एथेरोस्क्लेरोसिसलाई पनि रोक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण