एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी
बुटवल । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् । दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए ।
सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके । उपसचिवमा लहनु थारु १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन ल्याएको निर्वाचन समितिले जनाएको छ ।
अर्को उपसचिवमा सङ्गीता थारु १८८ मतका साथ विजयी भइन् । थारुका प्रतिस्पर्धी मन्जुर शर्माले १५० मत मात्र ल्याइन् ।
नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष सालिकराम अधिकारीले अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए । बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लीला गिरीले १०५ सदस्यीय जिल्ला कमिटी बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
-
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
-
रवि लामिछानेले लिए सभापतिकाे शपथ
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण