शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आजपाद्वारा भन्सार विभागमा धर्ना र ज्ञापन, किन हुँदैछ पटक पटक आन्दोलन ? (तस्बिरहरु)

आइतबार, २३ वैशाख २०८१, १४ : ०२
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले आइतबार भन्सार विभागमा धर्ना दिएको छ । वैशाख २० देखि चौथो चरणको आन्दोलन थालेको आजपाले आइतबार विभागमा धर्ना दिँदै महानिर्देशक डुण्डी प्रसाद निरौलालाई पार्टीको माग समेटिएको ज्ञापनपत्र पनि हस्तान्तरण गरेको छ । 
आजपाको आम सम्पर्क मञ्चको ब्यानरमा भएको धर्नाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल पनि भएको थियो । 

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पति लुट्ने काम भइरहेको भन्दै यसलाई रोक्नुपर्ने आजपाको भनाइ छ । 
आजपाका अध्यक्ष प्रभु साहले भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने बताए ।  कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाइनुपर्ने पनि उनको भनाइ छ । 

यस्तै भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।  यस्तै प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्नेलगायतको माग आजपाको छ । 

यस्तै भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सीमासँग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने पनि आजपाको माग छ । 

धर्ना र ज्ञापनका लागि आजपा नेता कार्यकर्ता विभाग पुगेका थिए ।  आजपाकी नेतृ नेतृ रञ्जु कुमारी साहले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारिन् । 

20240505143427_IMG_0032_copy_1600x1067

20240505142508_IMG_0026_copy_1600x106720240505142512_IMG_0027_copy_1600x106720240505142548_IMG_0029_copy_1600x1067IMG_20240505_132527_copy_1423x1067IMG_20240505_133437_copy_1600x1067IMG_20240505_133449_copy_1600x1067IMG_20240505_133505_copy_1600x1067IMG_20240505_133519_copy_1600x1067IMG_20240505_133614_copy_1600x1067

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप