विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव आएको छैन : कोशी प्रदेशसभा सचिवालय
विराटनगर । कोशी प्रदेशसभा सचिवालयले नेकपा एमाले र माओवादी केन्द्रलाई मुख्यमन्त्री तर्फबाट विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव नआएको जानकारी गराएको छ । बुधबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एमाले र माओवादी संसदीय दलका नेताहरूलाई पत्र लेख्दै सो कुराको जानकारी दिएको हो ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रकुमार आङ्बोलाई लेखिएको पत्रमा कोशी प्रदेशसभा नियमावलीको नियम १२८ बमोजिम मुख्यमन्त्रीको तर्फबाट विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव यस सचिवालयमा दर्ता नभएकाे जानकारी गराइएकाे छ ।
पत्रमा भनिएको छ : ‘माननीय सभामुखलाई सम्बोधन गरी जानकारी माग गर्नुभएको निवेदनका सम्बन्धमा कोशी प्रदेशसभाबाट मिति २०८१/०१/ ०७ मा पारित सङ्कल्प प्रस्ताव कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ७९ बमोजिम यस सचिवालयको च.नं. ३३४ मिति २०८१ /०१/ १० को पत्रबाट माननीय मुख्यमन्त्री ज्यू र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश, विराटनगरमा पठाइएकोमा सङ्कल्प प्रस्तावमा उल्लेखित अवधिभित्र ऐ. नियमावलीको नियम १२८ बमोजिम मुख्यमन्त्रीको तर्फबाट विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव यस सचिवालयमा दर्ता हुन नआएको ब्यहोरा जानकारी लागि आदेशअनुसार अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण