साउदी अरबले कडा बनायो हज यात्राको नियम
बिहीबार, २७ वैशाख २०८१, १० : ४१

रियाद । साउदी अरबले हज यात्रालाई कसिलो पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जुन २ बाट सुरु हुन लागेको हज यात्राबारे यस्तो चेतावनी जारी दिएको हो । हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना लगाइने बताइएको छ ।
गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिनेछ र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।
सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ । यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद : सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण
-
भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै