साउदी अरबले कडा बनायो हज यात्राको नियम
बिहीबार, २७ वैशाख २०८१, १० : ४१
रियाद । साउदी अरबले हज यात्रालाई कसिलो पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जुन २ बाट सुरु हुन लागेको हज यात्राबारे यस्तो चेतावनी जारी दिएको हो । हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना लगाइने बताइएको छ ।
गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिनेछ र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।
सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ । यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण