सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपा विभाजन भएपनि सरकार सुरक्षित छ : प्रवक्ता सापकोटा

शुक्रबार, २८ वैशाख २०८१, १० : १३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारमाथि कुनै सङ्कट नभएको बताएका छन् । सत्ता घटक जनता समाजवादी पार्टी विभाजन भएपश्चात् सरकारको भविष्यलाई लिएर विभिन्न आशङ्का उब्जिएको बेला सापकोटाले सरकार सुरक्षित रहेको बताएका हुन् ।

‘सरकारमा सहभागी दल नै विभाजन भएको अवस्थामा बाहिर विभिन्न हल्ला भइरहे पनि सरकार सुरक्षित छ । जसपा विभाजनले तत्काल सरकारमाथि कुनै खतरा छैन’, शुक्रबार रातोपाटीसँग उनले भने । 

संसदमा प्रतिपक्षी दल कांग्रेसले जारी राखेको अवरोध हटाउन पहल भइरहेको भएपनि ठोस निष्कर्षमा नपुगेको सापकोटाले बताए । सोमबार जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले पार्टी विभाजन भएको थियो । तर जसपाका दुवै समूहले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यद्यपि एकीकृत समाजवादीले साथ दिएको खण्डमा जसपाका दुवै समूह गठबन्धनबाट बाहिरेपछि सरकार सुरक्षित रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप