जसपा विभाजन भएपनि सरकार सुरक्षित छ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारमाथि कुनै सङ्कट नभएको बताएका छन् । सत्ता घटक जनता समाजवादी पार्टी विभाजन भएपश्चात् सरकारको भविष्यलाई लिएर विभिन्न आशङ्का उब्जिएको बेला सापकोटाले सरकार सुरक्षित रहेको बताएका हुन् ।
‘सरकारमा सहभागी दल नै विभाजन भएको अवस्थामा बाहिर विभिन्न हल्ला भइरहे पनि सरकार सुरक्षित छ । जसपा विभाजनले तत्काल सरकारमाथि कुनै खतरा छैन’, शुक्रबार रातोपाटीसँग उनले भने ।
संसदमा प्रतिपक्षी दल कांग्रेसले जारी राखेको अवरोध हटाउन पहल भइरहेको भएपनि ठोस निष्कर्षमा नपुगेको सापकोटाले बताए । सोमबार जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले पार्टी विभाजन भएको थियो । तर जसपाका दुवै समूहले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यद्यपि एकीकृत समाजवादीले साथ दिएको खण्डमा जसपाका दुवै समूह गठबन्धनबाट बाहिरेपछि सरकार सुरक्षित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण