शनिबार वीरेन्द्रनगरमा हुँदैछ कर्णालीमा हाफ म्याराथन
सुर्खेत । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । ‘अब कर्णाली दौडने छ’ मुल नारासहित हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट करिब ९०० खेलाडीहरु सहभागी हुने बताइएको छ ।
म्याराथनमा २१.०९७५ किलोमिटर पुरुष तथा महिला खुल्ला, ४५ वर्षमाथि उमेर समूह, ५ किलोमिटर स्कुलस्तरिय छात्र एवम् छात्रातर्फ दौड, ५ किलोमिटर कर्पोरेट रन समावेश गरिएको छ । हाफ म्याराथनमा ७२ जना, ५ किलोमिटर छात्रा एवं छात्रातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जनाले नाम दर्ता गराइसकेका छन् ।
साथै हाफ म्याराथनमा उत्कृष्ट समय दिने एक जना धावकलाई वर्ल्ड एथ्लेटिक्सबाट लेबल प्राप्त म्याराथनमा सहभागी गराइने छ । रेश नेपालको आयोजना हुन लागेको उक्त खेलको सम्पूर्ण व्यवस्थापनको पाटो क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गरेको छ । यस्तै कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग तथा वीरेन्द्रनगर नगरपालिकाको विशेष सहयोग तथा अन्य संघ–संस्थाहरुको साझेदारीमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
प्रतियोगिता बिहान ७ बजे घन्टाघरबाट सुरु हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार दिइने छ । दौड संस्कृतिको प्रवर्द्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत उक्त म्याराथन प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण