सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार, २८ वैशाख २०८१, १२ : २५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बिहीबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

महासंघका अनुसार तोलामा एकै दिन २३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको मूल्य १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै तेजाबी सुनको मूल्य १ लाख ३४ हजार ९५० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य समेत ह्वात्तै बढेको छ । महासङ्घले आज ५० रुपैयाँले बढेको जनाएको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ छ । हिजो १६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप