ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार, २८ वैशाख २०८१, १२ : २५
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बिहीबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार तोलामा एकै दिन २३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको मूल्य १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै तेजाबी सुनको मूल्य १ लाख ३४ हजार ९५० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य समेत ह्वात्तै बढेको छ । महासङ्घले आज ५० रुपैयाँले बढेको जनाएको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ छ । हिजो १६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण